कोरोना भाइरसको चिनियाँ खोपको सामूहिक परीक्षण अनिश्चित

काठमाडौं । बंगलादेशमा निकै नै प्रचार गरिएको कोरोना भाइरसको चिनियाँ खोपको सामूहिक परीक्षण अनिश्चित बनेको छ।

चिनियाँ औषधि निर्माता सिनोभ्याक बायोटेक लिमिटेडले बाङ्लादेशसङ्ग परिक्षणको लागि आंशिक लगानी गर्नुपर्ने शर्त राखेपछि सो परिक्षण नहुन सक्ने पनि सम्भावना बढेको हो ।

सिनोभ्याक बायोटेक लिमिटेडले सेप्टेम्बर २४ मा बंगलादेशलाई लेखेको एक पत्रमा रकम प्रदान नगरेसम्म परीक्षण कार्य अगाडी बढाउन नसकिने बताएको छ।

बेइजिङको खोप कम्पनीले यो पत्र अन्तर्राष्ट्रिय केन्द्र डायरियल रोग अनुसंधान, बंगलादेशलाई पठाएको छ ।

‘सिनोवाकले हामीलाई सूचित गरेको छ कि, ‘यदि हामी पनि लगानी गर्‍यौं भने मात्र उनीहरू परिक्षण अगाडी बढाउन समर्थ हुनेछ,हामी प्रधानमन्त्रीसँग कुरा गरिसकेपछि निर्णय लिनेछौं,’ स्वास्थ्य सेवा विभागका सचिव अब्दुल मन्नान भने।

हामी सिनोभ्याकमा निर्भर छैनौं, सरकार खोपको विकास भएपछि अन्य उपायहरू खोज्दैछ, मन्नानले थपे।

स्थानीय मिडिया डेनो स्टारका अनुसार सिनोभ्याकले पत्रमा कति फन्डको आवश्यकता पर्छ र अन्तिम समयमा किन उनले फन्ड खोजिरहेको छ भनेर उल्लेख गरिएको छैन।

तसर्थ चीनले शुरू-शुरूमा बंगालदेशलाई फ्रीमा खोप दिने गरी प्रचारबाजी गर्यो। र अहिले आएर पैसा माग्न थालेपछि त्यहाँको सरकारले अन्य विकल्प तिर लागेको छ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?