नेपाली बजारमा आयो ओपो एफ १७, जान्नुहोस् के – के छन् फिचर्स ?

काठमाडौं । नेपालमा आजदेखि ओपो एफ १७ को फस्र्टसेल मार्फत बिक्रि खुल्ला गरिएको छ ।

ओपो एफ १७ प्रो, एन्को डब्ल्यू ५१ टीडब्ल्यूएस र ओपो वाट्चेजका साथमाओपो एफ १७ पनि सार्वजनिक गरिएको थियो ।

सार्वजनिक गरिए तापनि कार्यक्रममार्फत् फोनको फस्र्ट सेल मितिबारे मात्र जानकारी दिइएको थियो । आजदेखि बजारमा उपलब्ध गरिएको ओपो एफ १७ को बजार मूल्य रु. ३३ हजार ९ सय ९० निर्धारण गरिएको छ ।
जम्मा ७.४५ एमएम मोटाई र १६३ ग्राम वजन रहेको ओपो एफ १७ सिजनकै स्लिके स्ट फोन भएको कम्पनीको दावी छ ।

ओपोको नेपाल भर रहेका प्रमुख बिक्रि केन्द्रहरु मार्फत एफ १७ उपलब्ध गरिएको छ । नेपालमा फोन ८ जीबी + १२८ जीबी भ्यारियन्टमा सार्वजनिक गरिएको हो ।

ओपो एफ १७ का विशेषताबारे संक्षिप्त जानकारी

ओपो एफ १७ को एक प्रमुख विशेषता मध्ये यसको वजनपनि एक हो । कम्पनी काप्रो भर्जनका तुलनामा एफ १७ मात्र ७.४५ एमएम मोटाइका साथ अझ पातलो बडीमा उपलब्ध गरिएको छ ।

त्यसैगरी प्रो भन्दा १ ग्राम कम यसको वजन जम्मा १६३ ग्राम रहेको छ ।

एफ १७ लाई स्न्याप ड्रागन ६६२ एसओसी ओक्टा  कोर चिपसेट क्लक्ड एट २ जीएचजेडले सञ्चारित गर्छ । उपकरणमा कलर ओएस ७.२ माआधारित एण्ड्रोइड १० सञ्चालन प्रणालीको ब्यवस्था गरिएको छ ।

ओपो एफ १७ मा सेल्फी क्यामेराका लागि वाटर DB; ड्रप नोट्चका साथमा ६.४४ ईञ्चको फूल एचडी एमोलेड स्क्रिनको ब्यवस्था गरिएको छ ।

साथै, फोनमा ईन- डिस्प्ले फिंगरप्रिन्ट स्क्यानर पनि उपलब्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?