विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं । विदेश पठाइदिन्छु भन्दै नगद २ लाख रुपैयाँ ठगी गरेको अभियोगमा ईटहरी उपमहानगरपालिका (४ बस्ने पर्वत कुश्मा नगरपालिका) ११ घर भएका सुमन कार्की क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।

ईटहरी उपमहानगरपालिका (६ संगित चोक बस्ने भोजपुर अरुण गाउँपालिका) ५ याकु घर भएका पुरुषलाई विदेश पठाइदिन्छु भन्दै २ लाख रुपैयाँ लिई फरार भएका उनलाई ईलाका प्रहरी कार्यालय इटहरीको प्रहरीले पक्राउ गरेको हो ।

उनी उपर जिल्ला अदालत सुनसरीबाट म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?