नेकपा सचिवालय बैठक भोली बस्ने

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक भोली अपरान्ह बस्ने भएको छ ।

प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले भेटघाट गरी भोलीका लागी सचिवालय बैठक बोलाएका हुन् ।

प्रम ओलीलाई भेट्न अध्यक्ष प्रचण्ड भेट्न बालुवाटार पुगेका थिए ।

(हिजो) आइतबार स्थगित भएको सचिवालय बैठक भोलि (मंगलबार) दिउँसो चार बजे बोलाइएको नेकपा निकट स्रोतले जनाएको छ ।

भोलीको बैठकमा एकता प्रक्रियाका बाँकी काम, मन्त्रिपरिषद् पुनर्गठनलगायतका विषयमा छलफल हुनेछ । ।

आजको बैठकमा उनीहरुबीच उनका अनुसार दुई अध्यक्षबीच बैठकको एजेण्डाबारे समेत सामान्य छलफल भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?