काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप २ हजार ४४० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १३ हजार ७८१ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप २ हजार ४४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
काठमाडौंमा १ हजार १७८, ललितपुरमा २५० र भक्तपुरमा १०३ जनासहित काठमाडौं उपत्यकामा मात्रै १ हजार ५३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८९ हजार २६३ पुगेको छ ।
प्रवक्ता गौतमका अनुसार नेपालका ८ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेका छन् ।
५ सय भन्दा बढी उपचाररत कोरोना संक्रमित भएका ८ जिल्ला
- काठमाडौं
- ललितपुर
- भक्तपुर
- मोरङ
- सिराहा
- चितवन
- रुपन्देही
- सुनसरी
नेपालमा बितेको २४ घण्टामा थप १ हजार १३३ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ६५ हजार २०२ पुगेको छ । यो कुल संक्रमितको ७३ प्रतिशत हो ।
यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या २३ हजार ५०७ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा १२ हजार ३१६ जना र संस्थागत आईसोलेसनमा ११ हजार १९१ जना छन् । तिमध्ये २४४ जना संक्रमितको आईसियु र ४३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ४ हजार ३३ जना रहेका छन् । डाक्टर गौतमका अनुसार मनाङ, मुस्ताङ, डोल्पा रुकुम पूर्व जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।
कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ५५४ जनाको मृत्यु भएको छ ।
हिजो (आईतवार) नेपालमा २ हजार २५३ जनामा संक्रमण पुष्टि भएको थियो । १ हजार ३२९ जना संक्रमणमुक्त भएका थिए भने ७ जनाको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया