काठमाडौं । वैदेशिक रोजगार विभागका कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि श्रम स्वीकृती गत बुधबार देखि बन्द गरिएको थियो ।
कोरोना भाइरसको माहामारी फैलिने जोखिमका कारण सोमबारसम्म टेष्ट लगायतको स्वास्थ्य कार्यहरु गर्न रोकिएको श्रम स्वकिृती सोमबारबाट पुनः खुलाइएको छ ।
विभागका सूचना अधिकारी टिकामणी न्यौपानेसगँको कुराकानीमा बिदामा आएका,अफ्ठायारामा परेका विदेश जानै पर्ने रि-इन्ट्रि गर्नु पर्ने मानिसहरुलाई प्राथमिकतामा राखि कार्यालय खोलीएको जानकारी गराए । उनले रि-इन्ट्रिका २०० देखि २५० जनाको कार्य बाँकि रहेको हुनाले त्यसलाई प्राथमिकतामा राखेर अत्यावश्यक सेवा संचालन गर्न परेको लोकपथ संवाददातालाई जानकारी गराए ।
श्रम स्वीकृतीका लागी टोकन सिस्टमको व्यवस्था गरि दिनमा १० जना लिगलाइजेशन र नयाँ श्रम स्वृकितीको व्यवस्था गरिएको निर्देशक न्यौपानेले बताएका छन् । पहिले अर्कै प्रयोजनका लागी विदेश गएका अहिले रोजगारीका लागी जाने व्यक्तिहरुलाई पनि दिनमा १० जनाको दरले टोकन वितरण गरिने छ ।
आजको अवस्थालाई हेरि नयाँ मोडालिटिमा सेवा गरिने उनले बताए । अत्यावशक परेका नागरिकको हकमा कुनै सम्झैता नगरि छिटै श्रम स्वृकिती प्रदान गर्ने हेतुले यस संकटको अवस्थामा कार्यलय संचालन गरिएको बताए ।
कोरोना महाकारीका कारण समस्या देखिए पनि प्रभावकारी सुरक्षाको मापदण्ड अबलंम्बन गरि कार्य संचालन गरिएको छ । साथै वैदेशिक रोजगार र्बोड सचिवालयबाट प्रदान गरिने रकम अर्को सुचना नभएसम्मका लागी बन्द गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया