अक्सफोर्ड विश्वविद्यालयको कोरोनाविरुद्धको भ्याक्सीन आउने मिति तोकियो !

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा व्याप्त छ ।

कोरोना भाइरसका कारण अहिले हरेक दिन जसो नै विश्वमा हजारौँ मानिसको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु संक्रमित बनिरहेका छन् ।

गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलोपटक देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म आईपुग्दा २१५ वटा देशहरुमा पुगिसकेको छ ।

प्रतीकात्मक तस्वीर

यसैबीच विश्व स्वास्थ्य संगठनले आशा गरेको अक्सफोर्ड विश्वविद्यालयको कोरोनाविरुद्धको भ्याक्सीन कहिले सम्म आउँछ भन्ने कुरा सबैको लागि कौतुहलताको विषय बनेको छ ।

प्रतीकात्मक तस्वीर

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार डिसेम्बरको क्रिसमससम्मका कोरोना भाइरसको भ्याक्सीन पाइने बताइएको छ । यो जानकारी द टाइम्सको रिपोर्टमा दिइएको हो ।

प्रतीकात्मक तस्वीर

अक्सफोर्डले एस्ट्रजेनेकासँग मिलेर यो भ्याक्सीन बनाइरहेको हो । यसको ट्रायल अन्तिम चरणमा रहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?