कहाँ पुग्यो सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरण? बोल्यो सीबीआई !

काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपूतले गत जून १४ मा बान्द्रास्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरे ।

त्यसपछि उनको आत्महत्या हो वा हत्या हो भन्ने कुरा पत्ता लगाउन १११ दिन लाग्यो । यो घटनाले सारा बलिउडलाई नै हल्लाएर राख्यो ।

१११ दिनपछि एम्स अस्पतालको फरेन्सिक रिपोर्टमा उनले आत्महत्या गरेको प्रमाणित भयो । अब सीबीआईले आत्महत्या एंगल्सबाट अनुसन्धान गर्ने भएको छ ।

अब सीबीआईले परिवार र प्रेमीका तथा बलिउड अभिनेत्री रिया चक्रवर्ती आत्महत्यामा कति जिम्मेवार छन् भन्ने विषयमा अनुसन्धान गर्ने भएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?