काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा अगामी चुनावको मिति तय भएपछि महासंघमा चुनावी माहोल तातेको छ । बरिष्ठ उपाध्यक्षका उम्मेद्वार रहेका किशोर प्रधानको समूह पश्चिम नेपालका जिल्लाहरुमा चुनावी अभियान लिएर पुगेका छन् ।
चुनावी अभियानमा लागेका किशोर प्रधान अहिले प्रदेश नं ५ मा सहकार्य गर्न पुगेका छन् । चितवनबाट रुपन्देही पुगेको टोलीले भैरहवा उद्योग वाणिज्य संघ, तिलोत्तमा नगर उद्योग वाणिज्य संघ र सिद्धार्थ नगर उद्योग वाणिज्य संघसँग छुट्टाछुट्टै भेट गरेका छन् ।
भेटमा सबै संघहरुले बैठक बसेरै किशोर प्रधान समूहप्रति सकारात्मक धारणा राख्दै आउँदो चुनावमा सहयोग गर्ने धोषणा गरेका छन् ।
तिलोत्तमाका अध्यक्ष माधब भण्डारी, सिद्धार्थ नगरका अध्यक्ष कुल प्रसाद न्यौपाने, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिम बहादुर हमाल, भैरहवाका पूर्व अध्यक्ष कृष्ण प्रसाद शर्माले किशोर प्रधानले २८ वर्ष महासंघमा दिएको योगदानलाई ध्यानमा राखेर आगामी निर्वाचनमा उनलाई सहयोग गर्ने घोषणा नै गरिसकेका छन् ।
रुपन्देहीबाट दाङ पुगेको यो टोलीले दाङका तुलसीपूर, घोराही लमही र देउखुरी नगर उद्योग वाणिज्य संघसँग भेटघाट र छलफल पनि थालिसकेको छ । तुलसीपूरका अध्यक्ष बीरु राउत, घोराहीका नारायण भुसाल र देउखुरीका रत्न श्रेष्ठले पनि प्रधान समूहलाई सहयोग गर्ने घोषणा गरेका हुन् ।
तुलसीपूरका निवर्तमान अध्यक्ष बिमल रिजाल केन्द्रीय सदस्यका उम्मेद्वार पनि रहेकाले उनलाई केन्द्रमा प्रधान समूहले सहयोग गर्ने भएको छ ।
उनलाई बरिष्ठ उपाध्यक्षका उम्मेद्वार प्रधानले टोपी र टीका लगाएर दोहोरो सहयोग आदानप्रदानको घोषणा पनि गरिसकेका छन् ।
दाङबाट निस्केको टोलीले प्युठानका अध्यक्ष केशरमान पक्षपतिसँग पनि भेट गरेको छ ।
टोली अहिले अर्घाखाँची पुगेको छ । प्रधान समूहको निर्वाचनको प्रचारमा रहेका महासंघ केन्द्रीय सदस्य अरुणराज सुमार्गीका अनुसार टोली आजै गुल्मी पुगेर त्यहाँका व्यवसायीसँग छलफल सकेर साँझ बास बस्न पाल्पा पुग्नेछ ।
यसैबीच प्रधान समूहबाट महासंघको प्रदेश ५ प्रमुखको उम्मेद्वार पनि आजै टुंगिने दाबी गरिएको छ । अघाँखाँचीका पूर्व अध्यक्ष कृष्ण श्रेष्ठ र भैरहवाका पूर्व अध्यक्ष कृष्ण प्रसाद शर्मामध्ये एक जना प्रदेश प्रमुखको उम्मेद्वार बन्ने निश्चित भएको छ । उनीहरु दुबैले आकांक्षा देखाएको भएपनि किशोर प्रधान आफैँले दुबै जनालाई राखेर छलफल गर्दै छन् ।
यसैक्रममा, दुई समुह स्पष्ट भईसक्दा मध्यममार्गी भूमिकामा देखिएका अरुण सुमार्गी प्रत्यक्ष रुपमा किशोर प्रधान समुहको पक्षमा देखिएका छन् । त्यति मात्र नभई नेपाल उद्योग वाणिज्य महासंघमा ठूलै प्रभाव पार्ने अरुण सुमार्गीको आगमनसँगै किशोर प्रधान झन बलियो भएका छन् । आगामी निर्वाचनमा गेम चेन्जर बन्न सक्ने भएका पनि सुमार्गीको सर्मथनलाई विषेश महत्वका साथ लिइएको छ ।
सुमार्गीको सर्मथनले प्रधानको.जित पक्का भएको उनको समुहले अब दाबी गर्न थालेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया