प्रदेश नं ५ को प्रदेशसभा बैठक अवरुद्ध

काठमाडौं । प्रदेश नं ५ को प्रदेशसभा बैठक अवरुद्ध भएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सँग भएको छलफलमा सहमति नजुटेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठक अवरुद्ध गरेको हो ।

प्रदेशको राजधानी र नामाकरणका विषयमा सहमती जुट्न नसक्दा पछिल्लो समय बुटवल लगायतका ठाउँहरुमा विरोध प्रदर्शन भइरहेका छन् । मन्त्रिपरिषद्ले प्रदेशको राजधानी दाङको भालुवाङ र लुम्बिनी नामाकरण गर्नको लागि प्रस्ताव गरेसँगै विवाद देखिएको हो ।

आज नेकपा प्रदेश संसदीय दलको बैठकले आफ्ना सांसदहरुलाई दाङ राजधानी सार्ने प्रस्तावमा मतदान गर्नका लागि ह्वीप जारी गरेको छ ।

बैठक दिउँसो २ बजेसम्म अवरुद्ध भएको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?