प्रदेश ५ राजधानी विवाद : दाङको पक्षमा मतदान गर्न नेकपाको ‘ह्वीप’

काठमाडौं । प्रदेश नं ५ को नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दल बैठक सकिएको छ ।

बैठकले यसअघि मन्त्रिपरिषद् बैठकले प्रदेश राजधानी दाङ सार्ने प्रस्तावको पक्षमा मतदान गर्नका लागि सांसदहरुलाई ह्वीप जारी गरेको छ । मन्त्रिपरिषद् बैठकले प्रदेशको राजधानी दाङ र नाम लुम्बिनी राख्ने गरी प्रस्तात अघि सारेको थियो ।

प्रदेश ५ मन्त्रिपरिषद्को बैठकले प्रदेश राजधानी दाङको भालुवाङमा सार्ने प्रस्ताव अघि सारेको सारेसँगै बुटवल लगायतका ठाउँहरुमा विरोध प्रदर्शनहरु भइरहेका छन् ।

बैठकले मतदान गर्न मिल्ने ६० जना सांसदलाई पक्षमा मतदान गर्नको लागि भनेको एक नेताले लोकपथलाई जानकारी दिए ।

आजको बैठक कडा सुरक्षा व्यवस्थाकाबीच बैठक बसेको थियो ।

प्रदेश राजधानी दाङ लैजाने प्रस्ताव गरेपछि बुटवलमा आन्दोलन चर्किएको छ । प्रमुख प्रतिपक्ष, सत्तारूढ दलका नेताहरू नै असहमति जनाउँदै आएका थिए ।

त्यसै विषयमा छलफल गर्नका लागि आज नै प्रदेश सभाको बैठक केहीवेरमा बस्न लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?