प्रदेश-५ मा राजधानी विवाद : समिति संयोजकबाट नेकपाकै सांसदको राजीनामा

काठमाडौं । प्रदेश नं ५ का प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले प्रदेशसभा सञ्चालन नियमावली संशोधन मस्यौदा समितिको संयोजक पदबाट आज राजीनामा दिएका छन् । सभामुखलाई सम्बोधन गरेर दिएको राजीनामापत्रमा उनले प्रदेशको राजधानी सार्न खोजिएको भन्दै संयोजक पदबाट राजीनामा दिएको उल्लेख गरेका छन् ।

श्रेष्ठले राजधानी सार्ने सरकारको निर्णय गैरसंसदीय र अलोकतान्त्रिक भएको आरोप लगाउँदै आएका थिए ।

श्रेष्ठकै नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको शुक्रवार बसेको बैठकमा १४ प्रदेशसभा सदस्यले नोट अफ डिसेन्ट लेखेका थिए । उनले सभामुखलाई बुझाएको राजीनामा पत्रमा आकस्मिक रुपमा प्रदेशको नामकरण र राजधानीको केन्द्र सार्ने प्रदेश सरकारको निर्णय प्रस्तावपश्चात् उत्पन्न गतिरोधका बेला प्रदेशसभाभित्र पक्ष र विपक्षका रुपमा उपस्थित घटनाक्रमसँग केही पत्रपत्रिकाबाट जनतामा भ्रम छर्न खोजेको महसुस भएकाले उक्त समितिबाट राजीनामा पेश गरको उल्लेख गरेका छन् ।

प्रदेशसभामा आजदेखि छलफल शुरु हुनेछ ।

  • रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?