गगन थापाको प्रश्न- ‘प्रधानमन्त्रीज्यू,डा. गोविन्द केसीको कुन चाहिँ माग जनहित विपरीत छन् ?’

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले अनसनरत डा गोविन्द केसीले राखेको मागमा ऐक्यवद्धता जनाउँदै प्रधानमन्त्री समक्ष प्रश्न गरेका छन् । सांसद थापाले अनसनरत डा केसीले राखेको मागहरुको सम्बोधन गर्न आग्रह गर्दै कुन माग पुरा गर्न हुने र कुन माग पुरा गर्न नहुने साथै कुन माग जनहित विपरित भएको भन्दै प्रश्न गरेका हुन् ।

“प्रधानमन्त्रीज्यू,डा. गोविन्द केसीले राख्नुभएको कुन चाहिँ माग पूरा नहुने/गर्न नसकिने छ ? कुन माग जनहित विपरीत छन् ?” उनले भने ।

डा केसीले लामो समयदेखि नेपालको चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसन बस्दै आइरहेका छन् । पछिल्लो समय जुम्लाबाट १९ औँ अनसन शुरु गरेका डा केसी अनसन बसेको २२ पुगिसकेको छ । सरकारले उनको मागप्रति कुनै वास्ता गरेको छैन् ।

डा केसीले हिजो गरेका पहिलेबाटै गरेका बाचाहरु सरकारले पुरा गर्न नसकेका कारण तीनै बाचाहरु आज माग बनेको समेत बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै डा केसीसँग संवाद गरि छिटो भन्दा छिटो उनको उनको जीवन रक्षा गर्नको लागि समेत थापाले प्रधानमन्त्रीसँग आग्रह समेत गरेका छन् । डा केसीले राखेका मागहरु पुरा गर्न सकिने र गर्नुपर्ने मागहरु रहेकाले माग पुरा गर्नको लागि साथ र सहयोग रहने समेत प्रतिवद्धता व्यक्त गरे । तर सत्याग्रहीमाथि बेवास्ता गरेमा भने त्यसको ठुलो मूल्य चुकाउनुपर्ने चेतावनी समेत दिएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, “तपाईँ आफैले हिजो गरेको बाचा पूरा नगर्दा नै यी विषय आज माग बनेका होइनन् र ? 
डा. केसीसंग संवाद नै गर्दिन भन्ने तपाईँको हठले के तपाईँको मान बढाउँछ ?  पुरा गर्न सकिने र गर्नुपर्ने माग छन्,पूरा गर्नुहोस्।यसमा हाम्रो पूर्ण साथ र सहयोग रहनेछ।तर,एउटा सत्याग्रहीमाथि दुराग्रह राखेर बेवास्ता गर्नुभयो भने त्यसको ठुलो मूल्य तपाईँले चुकाउनु पर्नेछ।
प्रमज्यू ,ख्याल राख्नुहोला,यदि डा. केसीको जीवन तल माथि भयो भने यसको शत प्रतिशत दोषी तपाईँ हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?