न्यूजील्याण्डको अकल्याण्डमा जनजीवन सहज

अकल्याण्ड । न्यूजील्याण्डकी प्रधानमन्त्री जेसिन्डा आर्डेनले न्यूजील्याण्डको अकल्यान्डमा कोरोना भाइरस संक्रमण दरमा उल्लेखनीय रुपमा सुधार आएको भन्दै निषेधाज्ञाहरु खुकुलो बनाइएको घोषणा गरेकी छन् ।

सोमवार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रधानमन्त्री आर्डेनले न्यूजील्याण्डले कोरोनाभाइरसलाई फेरि पनि परास्त गरेको बताइन् । उनले कोरोना संक्रमण बढेलगत्तै अकल्यान्डमा लगाइएका निषेधाज्ञाहरु यसै साताबाट खुकुलो बनाइने जानकारी दिइन् ।

प्रधानमन्त्री आर्डेनले विगत १२ दिनदेखि अकल्याण्ड शहरमा नयाँ रोगी नदेखिएको पनि बताइन् ।

सेप्टेम्बरको अन्त्यमा आर्डेनले न्यूजील्याण्डमा कोरोना संक्रमण देखिएको भन्दै प्रतिबन्धहरु घोषणा गरेका थिइन् ।

न्यूजील्याण्डका स्वास्थ्य मन्त्रीले विगत २४ घण्टाको अवधिमा एक व्यक्तिमा मात्र कोरोना भाइरस संक्रमण देखिएको बताए। देशभित्र हाल ४० जना संक्रिय संक्रमित छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?