मृत्युको खबर भाइरल भएपछि बोलिन् मिष्टी चक्रवर्ती, भनिन् ‘म मरेको छैन, म स्वस्थ छु’

काठमाडौं । बलिउड अभिनेत्री र बंगाली फिल्म अभिनेत्री मिष्टी मुखर्जीको आईतवार मृत्यु भयो । उनको मृत्युले उनका फ्यान्सहरु शोकाकुल बनेका छन् ।

उनको २७ वर्षको उमेरमा किड्नी फेल भएका कारण मृत्यु भएको हो ।

यसैबीच मुखर्जीको मृत्यु भयो तर मानिसहरुले बलिउडकी अर्की अभिनेत्री मिष्टी चक्रवर्तीको निधनको खबर भाइरल बनाए ।मिष्टी मुखर्जीको निधन भएकोमा मानिसहरुले अर्की अभिनेत्री मिष्टी चक्रवर्तीलाई श्रद्धाञ्जली दिन थाले

त्यसपछि सोसल मिडियामा मिष्टी चक्रवर्तीले स्वयं स्टाटस लेखेकि छन् । उनले लेखेकी छन्, ‘म अहिले जीवित छु र स्वस्थ छु ।’

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?