आईपीएलमा आज : दिल्ली र ब्यांग्लोर भिड्दै, सन्दीपको खेल्ने सम्भावना न्यून

काठमाडौं । आईपीएलको १३ औँ सीजनको १९ औँ म्याचमा आज रोयल च्यालेन्जर्स ब्यांग्लोर र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्द्धा हुँदैछ ।

यो सीजनमा अहिलेसम्मकै सबैभन्दा धेरुै स्कोर बनाएको दिल्ली क्यापिटल्स (२२८ रन ) को साम्ना विराट कोहोलीको कप्तानीमा उत्रिएको ब्यांग्लोरले गर्दैछ ।

ब्यांग्लोरसँग यो सीजनमा ह्याट्रिक हान्ने मौका रहेको छ । जुन टीमले यो म्याच जित्नेछ, त्यो टीमा प्वाइन्ट टेबलको शीर्ष स्थानमा उक्लिनेछ ।

ब्यांग्लोरसँग दिल्लीले १७ म्याचमा मात्र ३ मा नै जीत निकालेको छ । त्यसमध्येका २ म्याच गएको सीजनमा जीतेको थियो ।

दिल्लीमा आबद्ध रहेका नेपाली लेग स्पिनर सन्दीप लामिछाने आज पनि टीममा पर्न सक्ने सम्भावना कम रहेको छ ।

दिल्लीले खेलाएका बलरहरुले उत्कृष्ट नतिजा निकालिरहेका बेला अन्यलाई हटाएर उनलाई राख्ने सम्भावना कम नै रहेको छ ।

यो भन्दा अगाडिको खेलमा स्पिनर परिवर्तन गरेको दिल्लीले उक्त खेलमा यो सीजनको सर्वाधिक रनको स्कोर बनाएको थियो ।

जसमा पनि सन्दीप टीममा पर्न सकेका थिएनन् । आईपीएलमा विशेष गरेर बलिङका साथसाथै ब्याटिङमा पनि प्रदर्शन राम्रो चाहिने भएकोले सन्दीप अझै केहि खेलमा टीममा पर्न नसक्ने अनुमान छ ।

सन्दीपको बलिङ उत्कृष्ट भएपनि ब्याटिङमा खासै राम्रो देखिँदैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?