काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ । आइतवार राति भएको खेलमा युनाइटेडले टोटेनहमसँग ६-१ गोलको लज्जास्पद हार व्यहोरेको हो । खेलको २८ औं मिनेटमा म्यानचेस्टर युनाइटेड १० खेलाडीमा सिमित भएको थियो । घरेलु मैदानमा एक गोलको अग्रता जोगाउन नसक्दा युनाइटेडले हार व्यहोरेको छ ।
खेलको दोस्रो मिनेटमै ब्रुनो फर्नान्डेसले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । एन्थोनी मार्सियललाई टोटेनहमका सान्चेजले पेनाल्टी क्षेत्रमा फउल गरेपछि युनाइटेडले पेनाल्टी पाएको थियो ।

तर, खेलको चौंथो मिनेटमा टानगुए एनडोमबेलेले गोल गर्दै टोटेनहमलाई खेलमा फर्काएका थिए । खेलको सातौं मिनेटमा ह्युङ मिन सनले गोल गर्दै टोटेनहमलाई २-१ को अग्रता दिलाए ।
२८ औं मिनेटमा मार्सियल रातो कार्ड पाउदै मैदानबाट बाहिरिएपछि घरेलु टिम १० खेलाडीमा समेटियो ।
खेलको २० औं मिनेटमा कप्तान ह्यारी केनले गोल गर्दै टोलीको अग्रता ३-१ को बनाए । ३७ औं मिनेटमा सनले व्यक्तिगत दोस्रो गोल गर्दा पहिलो हाफमा टोटेनहम ४-१ ले अघि रह्यो ।
![]()
खेलको ५१ औं मिनेटमा सर्जी अरियरले गोल गर्दै टोटेनहमलाई ५-१ को अग्रता दिलाए । खेलको ७९ औं मिनेटमा केनले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ६-१ को शानदार जित दिलाए ।
![]()
जितसँगै टोटेनहम ४ खेलमा ७ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ । दोस्रो हार व्यहोरेको युनाइटेड ३ खेलमा ३ अंक जोड्दै १६ औं स्थानमा रहेको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया