कोरोना संक्रमित ट्रम्पको लापरवाही : समर्थक भेट्न अस्पताल बाहिर गाडीमा आए, हात हल्लाए !

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यतिबेला कोरोना संक्रमणका कारण अस्पतालमा भर्ना भएका छन् । तर उनले अझै पनि कोरोनालाई गम्भीरताका साथ नलिएको देख्न सकिन्छ ।

उनी आफ्नो उपचार भईरहेको बेला पनि आफ्ना समर्थकलाई भेट्न भन्दै आईतवार दिउँसो वाल्टर हीड अस्पतालको बाहिर रहेका आफ्ना समर्थकलाई भेट्न पुगेका छन् ।

उनले गाडिमा बाहिर आएर आफ्ना समर्थकलाई हात हल्लएर अभिवादन गरेका छन् । यो सबै मात्र एक मिनेटमा उनले सकेका थिए ।

यो भन्दा अगाडि उनले सामाजिक सञ्जाल ट्वीटरमा एक भिडियो सार्वजनिक गरेर यसको जानकारी पनि दिएका थिए ।

उनले गैर जिम्मेवारी देखाएको भन्दै विपक्षी दलका नेताहरु रुष्ट बनेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?