आज कस्तो रहला मौसम ? यस्तो छ पूर्वानुमान

काठमाडौं – केहि दिनदेखि धुमिल हुन थालेको देशभरको मौसममा आज पनि केहि बदलाब आउनेछ ।

मौसम पूर्वानुमान महाशाखाले जारी गरेको पूर्वानुमान अनुसार प्रदेश १, प्रदेश २, र वाग्मती प्रदेशमा सामान्य बदली रही प्रदेश १ का थोरै स्थानहरुमा हल्का बर्षा भइरहेको छ । गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ।

महाशाखाले दिएको जानकारी अनुसार आज दिउँसो प्रदेश १, प्रदेश २, र वाग्मती प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहने पूर्वानुमान छ । प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशका थोरै स्थानहरूमा र गण्डकी प्रदेशको एक९दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै, राति प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ।

प्रदेश १ र प्रदेश २ का थोरै स्थानहरूमा र वाग्मती र गण्डकी प्रदेशका एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?