नेपाल–भारत सीमाबाट केही दूरीमा भारतले बनायो अन्तर्राष्ट्रिय विमानस्थल

भैरहवास्थित गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अन्तिम चरणमा रहेका बेला त्यहाँबाट करिब डेढ सय किमि दूरीमा रहेको भारतको उत्तरप्रदेशस्थित कुशीनगर विमानस्थलबाट एक महिनाभित्र अन्तर्राष्ट्रिय उडान सुरु हुने भएको छ ।

दुई साताअघि भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले त्यसको घोषणा गरिसकेका छन् । तिहारदेखि कुशीनगरमा अन्तर्राष्ट्रिय उडान सुरु हुने लागेको उनको भनाइ छ ।

छ वर्षअघि नै निर्माण सुरु गरिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमास्थल भने कहिले सञ्चालनमा आउँछ भन्ने टुंगो छैन । सुरुमा यो विमानस्थलको काम डिसेम्बर २०१७ मा सक्ने भनिएको थियो । तर विभिन्न विवादका कारण समयमै पूरा नभएपछि सिभिलतर्फको काम पछिल्लो पटक सम्पन्न हुने मिति डिसेम्बरसम्म सक्ने लक्ष्य राखियो । र, मार्च २०२० देखि उडान सुरु गर्ने योजना थियो । तर सिभिलतर्फको काम प्रायः सम्पन्न भए पनि रडारलगायत प्राविधि जडानको काम अझै सुरु भएको छैन । कान्तिपुरमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?