काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । विश्वमा अहिलेसम्म १० लाख ४१ हजार ७८० जनाको मृत्यु भएको छ भने ३ करोड ५३ लाख ९३ हजार ८०० जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै २ करोड ६६ लाख १९ हजार ८९२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ६६ हजार ५०३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म २ लाख १४ हजार ६११ जनाको मृत्यु भएकोछ भने ७६ लाख ३६ लाख ९१२ जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै ४८ लाख ४९ हजार ३८ जना कोरोना संक्रमण मुक्त भएका छन् भने २५ लाख ७३ हजार २६३ जना उपचाररत छन् । त्यस्तै १४ हजार १९८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
अमेरिकाको क्यालिफोर्नियामा अहिलेसम्म १६ हजार १४७ जनाको मृत्यु भएको छ भने ८ लाख ३२ हजार ८४८ जनालाई कोरोना संक्रमित भएका छन् ।
त्यस्तै टेक्सासमा ८ लाख ५ हजार ४८५ जनालाई कोरोना संक्रमण भएको छ भने १६ हजार ५०५ जनाको मृत्यु भएको छ ।
त्यस्तै फ्लोरिडामा अहिलेसम्म १४ हजार ६७८ जनाको मृत्यु भएको छ भने ७ लाख १६ हजार ४५९ जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै अमेरिकामा आईतवार ३४ हजार ६६ जना संक्रमित थपिएका छन् भने ३३२ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया