कोरोना कहर : भारतमा आईतवार कति थपिए संक्रमित, कतिको मृत्यु ?

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

विश्वमा अहिलेसम्म १० लाख ४१ हजार ७८० जनाको मृत्यु भएको छ भने ३ करोड ५३ लाख ९३ हजार ८०० जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै २ करोड ६६ लाख १९ हजार ८९२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ६६ हजार ५०३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा कोरोना भाइरसका कारण १ लाख २ हजार ७१४ जनाको मृत्यु भएको छ भने ६६ लाख २२ हजार १८० जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै ५५ लाख ८३ हजार ४५३ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ९ लाख ३६ हजार १३ जना उपचाररत छन् ।

त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । भारतमा आईतवार मात्रै७४ हजार ७६७ जना संक्रमित थपिएका छन् भने ९०२ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?