गण्डकीमा १६० संक्रमित थपिए

गण्डकी । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १६० जना कोरोना संक्रमित थपिएका छन् । प्रदेशमा कोरोना संक्रमितको संख्या चार हजार १७५ जना पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

थपिनेमा नवलपरासी पूर्वका १०० जना छन् भने तनहुँका २८ जना, बाग्लुङका १८ जना, लमजुङका छ जना, कास्कीका चार जना एवम् स्याङ्जा र गोरखाका दुई/दुई जना रहेको निर्देशनालयका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्माले जानकारी दिए ।

प्रदेशमा कोरोना सङ्क्रमणका कारण हालसम्म ३४ जनाको मृत्यु भएको छ भने दुई हजार ८८२ जना निको भएका छन् । प्रदेशमा सक्रिय संक्रमितको संख्या एक हजार २५९ पुगेको निर्देशनालयले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?