काठमाडौं । सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले साउदीको रियाद–काठमाडौंको भाडादर परिवर्तन गरेको छ।
एयरलाइन्सले सोमबारदेखि नयाँ भाडादर लागू हुने एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
काठमाण्डौं-रियादको भाडादर अमेरिकी डलर ३८५ (साउदी रियाल १४४०) अर्थात ४५ हजार नेपाली रुपैयाँ कायम भएको छ ।
उक्त भाडादरमा सम्पूर्ण करसमेत समावेश गरिएको एयरलाइन्सले जनाएको छ । यसअघि साउदीको भाडा ४५० अमेरिकी डलरसम्म रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया