काठमाडौं । नेपालमा चीनमा भन्दा धेरै कोरोना संक्रमित भएका छन् ।
आइतवारसम्म चीनमा ८५ हजार ४५० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यता नेपालमा भने संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ ।
संक्रमित धेरै भएपनि नेपालमा मृत्युदर भने थोरै रहेको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५३५ रहँदा चीनमा ४ हजार ६३४ जनाको मृत्यु भइसकेको छ ।
आजमात्रै नेपालमा ७ जनाको मृत्यु भएको छ भने चीनमा मृतकको संख्या बढेको छैन ।
वर्ल्डोमिटर्सका अनुसार चीनमा आज १६ जना नयाँ संक्रमित थपिएका छन् । यस्तै नेपालमा भने २२५३ जना संक्रमित थपिएको आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका थिए ।
हालसम्म नेपालमा कोरोना निको हुनेको संख्या ६४ हजार ६९ जना रहँदा सक्रिय ुसंक्रमितको संख्या २२ हजार २१९ रहेको छ। यस्तै चीनमा मात्र १९५ जना सक्रिय संक्रमित रहेको समाचारमा जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया