हैदराबाद मुम्बईसँग ३४ रनले पराजित

काठमाडौं । आईपीएलको १३ औँ सीजनको दोश्रो डबल हेडरको पहिलो खेलमा मुम्बई इण्डियन्सले ३४ रनको जीत हात पारेको छ । टस जितेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०८ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको सनराइजर्स हैदराबादले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा मात्र १७४ रन बनाउन सक्यो ।

आजै बेलुकी ७ बजेर ४५ मिनेटमा शुरु हुने अर्को खेलमा भने चेन्नई र पञ्जावबीच प्रतिस्पर्द्धा हुँदैछ । आजको खेल यी दुबै टीमका लागि महत्वपूर्ण मानिएको छ ।

किनभने दुबै टीमले ४ खेलमा ३ म्याच हारेका छन् । प्वाइन्ट टेबलमा चेन्नई आठौँ र पञ्जाव सातौँ स्थानमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?