टोकियो । जापानमा आइतवार थप ३९७ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएसँगै अहिलेसम्म यहाँ कोभिड–१९ बाट संक्रमित हुनेको संख्या ८५ हजार ८४७ पुगेको जापानको स्थानीय अधिकारी तथा स्वास्थ्य मन्त्रालयद्वारा उपलब्ध तथ्याङ्कमा उल्लेख गरिएको छ ।
यो तथ्याङ्कमा सन् २०२० को सुरुमा डायमण्ड प्रिन्सेस नामक पानी जहाजमा योकोहोमा पुगेका ७१२ संक्रमितको संख्या समावेश गरिएको छैन ।
जापानमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या पानी जहाजका १४ सहित एक हजार ६१३ पुगेको छ ।
जापानमा आइतबावारसम्ममा गम्भीर विरामीको संख्या १३३ रहेको छ । उनीहरूमध्ये केहीलाई भेन्टिलेटरको सहयोग उपलब्ध गराइएको छ भने केहीलाई सघन कक्षमा राखी उपचार सेवा प्रदान गरिराखिएको छ ।
जापानको संक्रमणको केन्द्रविन्दु राजधानी टोकियोमा आइतबार १०८ थप व्यक्तिमा कोभिड–१९ सङ्क्रमण भएको छ । राजधानीमा लगातार छैठौँ दिन १०० भन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् । जापानको राजधानी टोकियोमा ४७ प्रशासकीय क्षेत्रमध्ये सबैभन्दा बढी कूल २६ हजार ४८४ संक्रमित भएका पुष्टि भएको छ ।
जापानले विदेशीहरूका लागि अक्टोबर १ देखि प्रवेशमा सहज बनाएको छ । यद्यपि पर्यटक आवागमनलाई भने अझै अस्वीकार गरिएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया