काठमाडौं – नेपाल चिकित्सक संघले वार्ता र संवादको माध्यमबाट डा. गोविन्द केसीको सत्याग्रह अन्त गर्न सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ ।
सत्याग्रहको २१ दिन पुगीसक्दा समेत सरकारले वार्ता टोली पनि गठन नगरि डा. केसीको स्वास्थ्य अवस्था गम्भिर मोडमा पुगेको परिस्थिति बेवास्ता गरेको भन्दै संघले ७२ घण्टामा वार्ता टोली गठन नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएको हो ।
एक विज्ञप्ती जारी गरी नेपाल चिकित्सक संघले ‘७२ घण्टाभित्र पनि नेपाल सरकारले वार्ता टोली गठन गरी डा. के.सी.को जीवन रक्षाका निम्ती कुनै पहल अगाडी नबढाइएको अवस्थामा नेपाल चिकित्सक संघले जस्तो सुकै कठोर कदम चाल्न बाध्यहुने र यसबाट उत्पन्नहुन सक्ने गम्भिर परिस्थितिप्रति नेपाल सरकार नै जिम्मेवार हुने जनाएको छ ।
‘
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया