बंगलादेशसँगको रणनीतिक साझेदारीलाई नयाँ उचाइमा लैजान चीन तयार

काठमाडौं । चिनियाँ राष्ट्रपति शी जिनपिङले बंगलादेशका नेताहरुसँग दुई देशको रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्याउन बहुआयामिक अर्बौँ डलरको बेल्ट एण्ड रोड इनिसिएटिभको निर्माणलाई संयुक्त रुपमा प्रोत्साहित गर्न आफू तयार रहेको बताएका छन् ।

द्वीपक्षीय कुटनीतिक सम्बन्धको ४५ औँ स्थापना दिवसको अवसरमा आइतवार बंगलादेशी समकक्षी मोहम्मद अब्दुल हमिदलाई बधाइ दिँदै राष्ट्रपति शीले यस्तो प्रतिक्रिया दिएका हुन् ।

शीले आफ्नो सन्देशमा स्थीर र दीर्घकालिन मित्रताको पक्षमा चीन रहेको भन्दै बंगलादेशसँगको रणनीतिक विकासका लागि हमिदसँग अझै काम गर्न तयार रहेको समेत बताएका हुन् ।

चिनियाँ सञ्चारमाध्यमका अनुसार बीआरआई अन्तर्गत सहयोग बढाउन र चीन–बंगलादेश रणनीतिक, साझेदारी सहकार्यलाई नयाँ उचाइमा पुर्याउन चीन रहेको बताएका छन् ।

एजेन्सीको सहयोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?