प्रधानमन्त्रीको सुरक्षामा खटाईयो नयाँ सुरक्षाकर्मीको टोली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षामा खटिएका २८ सैनिकहरुलाई कोरोना संक्रमण देखिएपछि सुरक्षाको लागि नयाँ टोली खटाइएको छ ।

कोरोना संक्रमण पुष्टि भएका सबै सुरक्षाकर्मीहरुलाई नागार्जुन गरपालिका–१ स्थित इचगुंको आइसोलेनमा राखिएको र त्यसको व्यवस्थापन नेपाली सेनाले गरिरहेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार कोरोना संक्रमणको रिपोर्ट नेगेटिभ आएका तथा क्वारेन्टाइनमा बसेकाहरुलाई प्रधानमन्त्रीको सुरक्षार्थ खटाइएको छ ।

शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका गरी ६७ जना सुरक्षाकर्मीसहित अन्य सल्लाहकारहरुमा समेत कोरोना संक्रमण पुष्टिठ भएको थियो ।

ती मध्ये उपत्यकामा घर भएकाहरुलाई होम आइसोलेसनमा राखिएको समेत स्रोतले जनाएको छ । तर संक्रमित प्रहरीको स्थानमा प्रहरीचाहिँ आफ्नो टिम बदली गरेको छैन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?