स्पेनमा आज राती १० बजेबाट लकडाउनमा कडाई

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण अहिले हरेक दिन जसो नै हजारौँ मानिसहरुको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु संक्रमित बनिरहेका छन् ।

यसैबीच स्पेनको राजधानी मड्रिडमा लकडाउनमा कडाई गरिएको छ ।

त्यहाँ आज राती १० बजेबाट अत्यावश्यक काम बाहेक बाहिर निस्किएमा कारवाही गरिने भएको हो ।

स्पेनमा अहिलेसम्म ३२ हजार ८६ जनाको मृत्यु भएको छ भने ८ लाख १० हजार ८०७ जनालाई कोरोना संक्रमण भएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?