बेलायतमा एक यूनिभर्सिटीका ७०० भन्दा धेरै विद्यार्थीहरुमा कोरोना पुष्टि

काठमाडौं । बेलायतको नार्थम्बुरिया यूनिभर्सिटीका ७०० भन्दा धेरै विद्यार्थीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

पोजेटिभ पाइएका सबै विद्यार्थीहरु अहिले सेल्फ आईसोलेसनमा बस्न भनिएको छ । यदि नमानेमा उनीहरुलाई निकालिने बताइएको छ ।

विद्यार्थीको साथै उनीहरुको फ्ल्याटमा बस्ने र उनीहरुके सम्पर्कमा आएका मानिसहरुलाई पनि क्वारेन्टिाइनमा राखिने भएको छ ।

बेलायतमा अहिलेसम्म ४ लाख ८० हजार भन्दा धेरैलाई कोरोना संक्रमण भएको छ भने ४२ हजार भन्दा धेरैको मृत्यु भएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?