काठमाडौं । नेपाली कांग्रेसले डा. गोविन्द केसीले राखेका मागहरु जायज भएको भन्दै एक्येवद्धता जनाएको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकास शर्माले डा. केसीको मागहरुमा समर्थन जनाउँदै कांग्रेसले औपचारिक रुपमा विज्ञप्ती जारी गरिसकेको बताए । तरपनि केन्द्रीय कार्यसमितिको बैठकबाटै थप निर्णय गरी एकवद्धता जनाउने तयारी भइरहेको उनले बताए ।
तर कोरोना संक्रमण जोखिमका कारण भोली (सोमबार) बस्ने भनिएको कार्यसमितिको बैठक स्थगित भएको छ । बैठक आगामी असोज २५ गते बस्नेगरि बैठक स्थगित गरिएको हो ।
डा. गोविन्द केसीले विगत देखि नै जायज माग राख्दै आएको र कांग्रेस नेतृत्वको सरकारका पालामा भएका सम्झौता कार्यान्वयन भए अधिकांश मागहरु पुरा हुने पनि उनले बताए । पछिल्लो समय पीसीआर परिक्षण बढाउने र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सन्दर्भमा नयाँ जायज माग राखेकोले सरकारले तत्काल वार्ता गरी सुनुवाई गर्नुपर्ने उनको भनाई छ ।
संसदको विशेष अधिवेशन बोलाउने सन्दर्भमा कांग्रेसले औपचारिक निर्णय गरिनसकेको प्रवक्ता शर्माले बताए । यद्यपी जनजीवन चलिरहेको अवस्थामा भौतिक दुरी कायम राखेर संसद अधिवेशन चलाुनुपर्ने उनले बताए । विदेशबाट नेपालीहरु फर्कन नपाएको अवस्था, चाडपर्वमा बजारमा हुने महँगी, अस्पतालमा उपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्था लगायतका विषयमा सरकारले संसद अधिवेशन बोलाएर नागरिकका कुरा राख्न मार्गनिर्देश गर्नुपर्ने पनि उनले बताए । यो विषयमा पनि केन्द्रीय कार्यसमितिले औपचारिक निर्णय गर्नेपनि प्रवक्ता शर्माले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया