काठमाडौं । टोकियो र पेरिसमा चीनविरुद्ध विशाल प्रदर्शन भएको छ ।

चीनले गरेको दमन र मानवअधिकार उल्लंघनको विरूद्ध तिब्बत, उइघुर, मंगोलिया, हङ्कङ र ताइवानका करिव ३ हजार मानिसहरूले अक्टूबर ३ का दिन जापानको राजधानी टोक्यो र अक्टूवर १ का दिन फ्रान्सको राजधानी पेरिसमा विशाल प्रदर्शनहरू गरेका छन्।

हङ्कङमा लागू गरिएको कडा राष्ट्रिय सुरक्षा कानून, भित्री मंगोलिया स्वायत्त क्षेत्रमा मन्दारिन चिनियाँ भाषाको प्रयोग बाध्यात्मक बनाउने, तिब्बत र झिनजियांगमा धार्मिक स्वतन्त्रता विरुद्धको कारबाही र ताइवानको बिरूद्ध चीनको आक्रामक र धम्कीपूर्ण कार्यहरूको विरुद्ध नारावाजी गरिएको थियो ।

प्रदर्सनहरूमा स्थानीयका साथै अन्य एसियाली देशका मानिसहरूले सहभागिता जनाएर एक्यवद्धता प्रकट गरेका थिए ।

चिनले पछिल्लो समय तिब्बती, उइघुर र मङोलिएन समुदायमाथि धार्मिक तथा संस्कृतिक हस्तक्षेप बढाउदै लगेका ती समुदायहरूले आरोप लगाएका छन् ।

चिनियाँ शासकहरूले उइघुर समुदायमाथि विभिन्न खाले दमन गरिरहेको समाचारहरू निरन्तर बाहिर आएका छन्।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया