काठमाडौं । पशुपति क्षेत्रमा आइतवार र सोमवार साँझ आधा घण्टा बत्ती निभाउने (ब्ल्याक आउट) कार्यक्रमको घोषणा गरिएको छ ।
पशुपति क्षेत्र संयुक्त सङ्घर्ष समितिले हप्ताको दुई दिन (आइतवार र सोमवार) साँझ ७ देखि साँढे ७ बजेसम्मका लागि बत्ती निभाउनको लागि ‘ब्ल्याक आउट’ कार्यक्रमको घोषणा गरेको हो ।
हालै प्रस्ताव गरिएको गुरुयोजनाको विरोधमा सो कार्यक्रम आयोजना गरिएको संयुक्त सङ्घर्ष समितिले जनाएको छ ।
केही समय अघि पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रमा पुनर्निमाणको लागि गुरु योजना सार्वजनिक गरेको थियो । त्यहाँका स्थानीयसँग कुनै छलफल नै नगरीकन गुरुयोजना सार्वजनिक गरेको भन्दै समितिले विरोध कार्यक्रमको घोषणा गरेको हो ।
साथै उनीहरुले कोषका सदस्य–सचिवलगायत कर्मचारीको राजिनामा समेत माग गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया