काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आज विभिन्न ६ खेलहरु हुँदैछ । प्रिमियर लिगमा आज लिभरपुलले एस्टन भिल्लाको सामना गर्दै छ । एस्टनको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार राति १२ बजे शुरु हुनेछ ।
लिभरपुल जित हात पार्दै अपराजित रहने योजनामा हुनेछ । अघिल्ला तीन खेलमा ३ जितसहित ९ अंकको जोडेको लिभरपुल तालिकाको तेस्रो स्थानमा रहेको छ ।
एस्टन भने घरेलु मैदानमा लिभरपुललाई हराएर तेस्रो जित निकाल्न चाहन्छ । २ खेलमा ६ अंक जोडेको एस्टन तालिकाको सातौं स्थानमा रहेको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया