डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै, अक्सिजन दिन थालियो

काठमाडौं । अनसनत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । उनलाई सास फेर्न गाह्रो हुन थालेपछि अक्सिजन दिन थालिएको छ । छाती दुख्ने समस्या आउन थालेपछि डा.केसीलाई अक्सिजनको सपोर्टमा राख्नुपरेको उनका सहयोगीले बताए ।

डा केसीले अन्य औषधि लिन मानेका छैनन् । उनले नियमित रुपमा खाइरहेको मुटुको औषधि पनि केही दिनदेखि खान छोडेको बताइएको छ । आज उनको अनशनको २१ औं दिन हो ।

चिकित्सा शिक्षा सुधारको माग राख्दै निरन्तर अनसन बसिरहेका डा.केसी गत भदौ २९ गतेबाट जुम्लाबाट अनसन शुरु गरेका थिए । उनको स्वास्थ्यमा समस्या आएसँगै उनलाई काठमाडौं ल्याइएको थियो । डा.केसीले आफू काठमाडौं आएपनि माग पुरा नभएसम्म सत्याग्रह नतोड्ने घोषणा गरेका छन् ।

त्यस्तै हिजो (शनिवार) सोलिडारिटी फर डा. गोविन्द केसी समूहले डा.केसीको जीवनरक्षाको माग गर्दै माइतीघरमा प्रदर्शन गरेका थिए ।

यो पनि पढ्नुहोस् : डा. केसीको जीवनरक्षाको माग गर्दै माइतीघरमा प्रदर्शन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?