घट्यो हवाई टिकटको भाडा : होडबाजीले विगतको दशैँमा भन्दा सस्तिने सम्भावना !

काठमाडौं । चैत ११ गते देखि शुरु भएको बन्दाबन्दीमा पर्यटन, हवाई क्षेत्र, लामो दूरीका सार्वजनिक यातायातका क्षेत्र १८० दिनका लागी पूर्ण रुपले नै ठप्प रहे ।

१८० दिन सम्म सेवाहरु ठप्प रहँदा व्यवसायहरु आजित रहे भने सरकार आलोचनामै रहन् पर्‍यो ।

मानिसको आवतजावत रोक्दा व्यवसाय र अर्थतन्त्रलाई भने त्यसले निकै गम्भिर असर पार्‍यो । अन्तत, लकडाउन गर्नु भन्दा, लकडाउन खुकुलो बनाउँदा कोरोनाको माहामरीको संक्रमण पनि धेरै वृद्धि भइसकेको थियो तर व्यवसायीमा माग, आम जनताको निराशा र देशको अर्थतन्त्रको अवस्थाका कारण असोज १५ गते देखि सबै क्षेत्रहरु खोलीने निर्णय गरियो ।

पूर्ण क्षमतामा भन्दा आधा क्षमतामा हवाइजहाज संचालन गर्नु पर्ने शर्त सरकारले राखे पनि व्यवसायहरुले त्यो चलाउन नसक्ने भन्दै पूर्ण क्षमतामै हेवाई सेवा शुरु गरियो ।

त्यस समय हवाई सेवा सुचारु गर्दा सिमित उडान मात्र भर्न अनुमती दिईयो । देशको विभिन्न भागमा ५० उडानको अनुमती मात्र दिएको हवाई क्षेत्रले सेवा सुचारु गर्दा अत्यन्तै चर्को भाडा निर्धारण गर्‍यो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले बुद्ध एयरलाई १७, यति एयरलाई ११, नेपाल वायुसेवा निगम लाई ८, श्री एयरलायन्सलाई ६, तारा एयरलाई १, समिट एयरलाई ४, सीता एयरलाई २, सिम्रिक एयरलाई १ गरी असोज ५ गतेका दिन ५० वटा उडानलाई अनुमति दिएको थियो ।

नेपालभर जम्मा ५० उडान भर्न पाएका हवाई सेवा प्रदायकहरुले यात्रुहरु सँग चर्को भाडा असुल उपर गरिरहेका थिए ।

बिहीवारबाट भने सम्पूर्ण हवाई सेवाप्रदायकहरुलाई प्राधिकरणले उडान संख्या थप्ने अनुमती दिएसँगै हवाई सेवाप्रदायकहरुमा प्राइस वारको अवस्था देखिएको छ ।

पूर्ण क्षमतामा संचालन हुने भए पछि सबै एअरलाइन्सले आफनो भाडादर घटाएका छन् । साथै प्रतिष्पर्धाका कारण आम सर्वसाधरणका लागी अझै घट्ने सम्भावना प्रवल बन्दै गएको छ । यहि अवस्था रह्यो भने आउँदो चाडपर्वको समयमा पनि विगतकै समयको मूल्यमा हवाई उडान भर्न सकिने अवस्था देखिएको छ ।

हवाइ सेवा प्रयोग गर्ने यात्रुले पिसीआर नेगेटिभ रिपोर्ट देखाउनु नपर्ने भए पनि आफु स्वास्थ्य भएको स्वयं घोषणा पत्र भर्नु पर्ने व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?