काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा कार्यरत प्रेस विज्ञ रामशरण बजगाईँलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
आफूमा कोरोना संक्रमण पुष्टि भएको प्रेस विज्ञ बजगाँईले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएका हुन् ।
आफ्नो अवस्था सामान्य रहेको र आफ्ना सम्पर्कमा आएकाहरुलाई पीसीआर परीक्षणका लागी समेत बजगाँइले आग्रह गरेका छन् ।
शनिवार आएको पीसीआर रिपोर्टमा प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा, परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई लगायतलाई लगायत ठुलो संख्यामा सुरक्षाकर्मीहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यता कांग्रेस नेताहरु अर्जुननरसिंह केसी, गगन थापासहित ४ जना केन्द्रीय सदस्य र पार्टी कार्यालयका कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
पछिल्लो पटक गरिएको PCR परीक्षणबाट ममा कोरोना पोजेटिभ देखिएको छ । सम्पर्कमा रहनु भएका मित्रहरूलाई PCR परीक्षण गर्न अनुरोध गर्दछु । हाल मेरो स्वास्थ्य अवस्था ठीक छ ।
— Ramsharan Bajagain (@BajagainRam) October 4, 2020
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया