काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालयले सुचारु गरेको अनलाईन रजिस्ट्रेसन अर्थात अनलाइनबाट कम्पनी दर्ता गर्न आम सर्वसाधरणको गुनासो नै गुनासो रहेको छ । कहिले वेवसाइटको समस्या त कहिले लगइनको समस्या जस्ता गुनासाहरु रहेका छन् ।
कम्पनी रजिस्ट्रारको कार्यलयले अनलाइन मार्फत सूचना प्रकाशित गरेर अनलाइन सिस्टममा केहि समस्या आएकोले मर्मत कार्य भइरहेको हुँदा अनलाइन सेवा प्रयोग गर्न असहज हने जानकारी गराएको थियो । र अनलाइन दर्ता करिब ४ दिन देखि मर्मतमा रहेको सूचनाको मितिले देखाउँछ ।
यस विषयमा जानकारी लिन लोकपथ संवाददाताले कम्पनी रजिस्ट्रारको कार्यलयका सूचना अधिकारी राम प्रसाद ढकालसँग जानकारी लिन खोज्दा उनलाई मर्मतको त कुनै जानकारीनै नरहेको र आन्तरिक तथा ओभरलोड जस्ता समस्यले मात्र वेवसाइट नचलेको प्रतिक्रिया दिएका छन् ।
मर्मत सूचनामा उल्लेख गरिए अनुसार वेवसाइटको समस्या चाँडै समाधान हुने हुनाले बारम्बार कार्यालयमा फोन नगर्न आग्रह गरेको थियो । तर कम्पनीको सूचनाबारे सुचना अधिकारीनै अन्यौलमा रहँदा सूचनाको जिम्मेवारी कसले लिने ?
सूचना अधिकारी ढकालका अनुसार हालसम्म करिब २ लाख ५० हजारको हाराहारीमा अनलाइन प्रणाली मार्फत कम्पनीहरु दर्ता भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया