रुसमा प्रधानसम्पादकले बेन्चमा बसेर आफूमाथि लगाइन् आगो !

काठमाडौं । रुसकी एक समाचार सम्पादकले निझ्नी नोभगोरोद शहरस्थित आन्तरिक मामिला शहरनजिकै आत्मदाह गरेकी छन्।

इरिना स्लाभिना नाम गरेकी ति सम्पादकले आफ्नो मृत्यु अगाडि सोसल मिडिया प्लेटफर्म फेसबुकमा भनेकी थिइन्, ‘म तपाईलाई मेरो मृत्युको दोष रूसी महासंघलाई दिन अनुरोध गर्दछु।’

सरकारी निकायले जलेको अवस्थामा उनको शव प्राप्त भएको पुष्टि गरेको छ। स्लाभिनाले बिहीवार प्रहरीले आफ्नो फ्ल्याटमा छापा मारेर प्रजातन्त्र हिमायती समूह ओपन रसियासँग सम्बन्धित सामग्री खोजेको जानकारी दिएकी थिइन्। त्यहाँबाट प्रहरीले कम्प्युटर र डाटा लगेका थिए।

उनको गोर्की स्ट्रिटको एउटा बेन्चमा बसेर आफूमाथि आगो लगाएको भिडियो फुटेज एकैछिन पछि भाइरल हुन पुगेको थियो । सो फुटेजमा एकजना पुरुष दौडेर उनलाई आगोबाट जोगाउन आएको देखिन्छ।

उनले आफ्नो शरीरको आगो निभाउन कोटले छोप्न खोज्दा स्लाभिनाले पटक–पटक उनलाई पछाडी धकेलेको पनि देखिएको छ । अन्त्यमा शरीर थाम्न नसकेकी उनी भुइँमा ढल्न पुगेकी थिइन्।

रसियाको अनुसन्धान समितिले पति र छोरी छाडेर मृत्युवरण गरेकी स्लाभिनाको मृत्युको उनको फ्ल्याटमा छापा मारिएकोमा कुनै सम्बन्ध नरहेको अस्वीकार गरेको छ। उनी कोजा प्रेस न्युज वेबसाइटकी प्रधान सम्पादक हुन्।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?