बाग्मती प्रदेशका सभामुख श्रेष्ठद्वारा ‘कोभिड – १९’ ले शिक्षामा पारेको प्रभावबारे छलफल

काठमाडौं – बाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले काठमाडौंको पुरानो बानेश्वरस्थित मोडर्न कन्या मल्टिपल कलेज भिमसेनगोलामा  ‘कोभिड- १९’ ले शिक्षामा पारेको प्रभावका विषयमा छलफल गरेका छन् ।

आज बिहान कलेजको प्राङ्गणमा भएको भेटघाट कार्यक्रममा महिला शिक्षा, उच्च शिक्षा, कलेज गतिविधिका बारेमा जानकारी लिँदै सभामुख श्रेष्ठल सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै के मा कुन बिषयमा भन्ने कुरा छलफल पछी जानकारी गराउने बताए ।

कलेजका अध्यक्ष प्रा. डा. रामप्रसाद दाहालले कोभिडले विद्यार्थीको भविष्यमा पार्न सक्ने प्रभाव, कलेजहरुको अवस्था र पछिल्लो शिक्षा लगायत वर्तमान अवस्थामा शिक्षानीति अर्थिक गतिविधिका सम्बन्धमा जानकारी गराएका थिए ।

भेटका क्रममा सभामुख श्रेष्ठसँग सस्तो शुल्कमा सेवामुलक भावले उत्कृष्ट शिक्षा दिँदै आएको कलेजमा अध्ययनरत गरिब तथा जेहेन्दार छात्राहरुलाई छात्रवृत्ति कोष राखिदिन छात्राहरूले अनुरोध गरेका थिए ।

(सबै तस्वीर : कलेजको सामाजिक सञ्जाल -फेसबुकबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?