मुन्द्रेको कमेडी क्लबमा करिश्माको इन्ट्री, दिपाश्री आउट !

काठमाडौं । चर्चित नेपाली टिभी शो मुन्द्रेको कमेडी क्लबबाट दिपाश्री निरौलालाई हटाइएको छ ।

उनको स्थानमा चर्चित नायिका करिश्मा मानन्धरलाई ल्याइएको हो । अब प्रसारण हुने एपिसोडमा दिपाश्रीको ठाउँमा दर्शकले करिश्मालाई देख्न पाउने भएका छन् ।

केही समय अघि दिपाश्रीले राजेश हमाल महानायक बारे दिएको अभिव्यक्तिलाई लिएर विवादमा तानिएकी थिईन् ।

उक्त प्रकरणमा उनको चर्को आलोचना भएपछि उनले माफी समेत मागेकी थिइन् ।

मुन्द्रेको कमेडी क्लब कार्यक्रमका प्रायोजक कम्पनीको दबाबमा नै दिपाश्रीलाई हटाईएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?