नेताहरुमा कोरोना देखिएपछि कांग्रेस केन्द्रीय कार्यालय ५ दिनका लागि बन्द

काठमाडौं । नेपाली कांग्रेसका केही केन्द्रीयसदस्यसहित अन्यमा व्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएपछि केन्द्रीय कार्यालय ५ दिनको लागि बन्द गरिएको छ ।

शुक्रवार आएको रिपोर्टमा पूर्वमन्त्री समेत रहेका कांग्रेस केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, गगन थापा तथा केन्द्रीय सदस्यहरु शम्भुलाल श्रेष्ठ र कल्पना चौधरी लगायत अन्य व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको हो ।

केन्द्रीय कार्यालयमा गत असोज १५ गते बिहीवार पीसीआर परीक्षण गरिएको थियो ।

स्वास्थ्य मापदण्डलाई ध्यानमा राख्दै ५ दिनको लागि केन्द्रीय कार्यालय बन्द गर्न लागेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । पौडेलका अनुसार केन्द्रीय कार्यालय आज (१८ गते) देखि असोज २२ गते बिहीवार सम्मका लागि कार्यालय बन्द हुनेछ ।

त्यस्तै भोलीका लागि बोलाइएको केन्द्रीय समितिको बैठक समेत स्थगित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?