काठमाडौं । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले विभिन्न ठाउँहरुमा निषेधाज्ञाको कार्यक्रमहरु घोषणा गरेको छ ।
प्रदेश ५ नं को राजधानी सार्ने विषयमा विवाद उत्पन्न हुँदा बुटवलका विभिन्न ठाउँहरुमा निषेधाज्ञा जारी गरिएको हो । प्रदेश ५ राजधानी सार्ने प्रदेश सरकारको निर्णयमा विभिन्न ठाउँहरुमा विरोध प्रर्दशन चर्किन थालेपछि जिल्ला प्रशासनल विभिन्न ठाउँहरुमा ४ दिनको लागि निषेधाज्ञा जारी गरेको हो ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश राजधानी बुटवलबाट दाङको भालुवाङ सार्ने विषयमा विरोध गरिरहेको छ ।
भने कांग्रेसले विभिन्न ठाउँहरुमा बन्द तथा प्रदेश सभा घेराउको कार्यक्रम समेत सार्वजनिक गरेको छ । निषेधाज्ञा जारी गरिएसँगै ५ जनाभन्दा बढी भेला हुनको लागि रोक लगाइएको प्रशासनले जनाएको छ ।
प्रशासनले शनिवार बेलुकी एक सूचना जारी गर्दै असोज १८ गते आइतबार बिहान ६ बजेदेखि २१ गते बेलुका ६ बजेसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको छ ।
प्रशासनका अनुसार प्रदेश सभा रहेको क्षेत्रमा दक्षिणमा इटाभट्टी चोक, उत्तरमा कालिका मन्दिर चोक, पश्चिममा तिनाउ खोला किनार र पूर्वमा कालिका मन्दिरदेखि इटाभट्टी चोकसम्मको कालिका पथ क्षेत्रभित्र निषेधित क्षेत्र तोकिएको घोषणा गरिएको छ ।
त्यसैगरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय रहेको दक्षिणमा जेसिस चोक, उत्तरमा विद्युत चोकदेखि हाटबजार जोड्ने लाइन, पश्चिममा हाटबजार लाइन र पूर्वमा सिद्धार्थ राजमार्गसम्मको क्षेत्रभित्र प्रदर्शन र भेला गर्न नपाइने प्रशासनको जनाएको छ ।
साथै प्रदेशका मन्त्रालयहरु रहेको दक्षिणमा सुन्दर चोक, उत्तरमा भुड्कीचोक, पश्चिममा सिद्धार्थ राजमार्ग र पूर्वमा भाटभटेनी चोकलाई पनि निषेधित क्षेत्र तोकिएको छ ।
राजधानी सार्ने विषयहरुलाई लिएर शनिवार पनि विभिन्न ठाउँहरुमा विरोध प्रदर्शनका कार्यक्रमहरु भएको थियो । भने कतिपय ठाउँहरुमा तोडफोड समेत गरिएको थियो । जिल्लामा शान्ती सुरक्षा कायम गर्ने उदेश्यले निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सूचना पढ्न तलको लिंक क्लिक गर्नुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया