काठमाडौं । बलिउड अभिनेता सुशान्तसिंह राजपूतले गत जून १४ मा बान्द्रास्थित घरमै झुण्डिएर आत्महत्या गरेको भनिएको थियो । त्यसपछि उनको मृत्यु प्रकरणको बारेमा अनुसन्धान भएको थियो । अनुसन्धान अहिलेसम्म सीबीआईले हत्याको एंगल्सबाट गरेको थियो । शनिवार सुशान्तको रिपोर्ट परीक्षण गरिरहेको एम्स अस्पतालले उनको हत्या नभएको बताएपछि बलिउड अभिनेत्री कंगना रनौतले असतुष्टि व्यक्त गरेकी छन् ।
सुशान्तको मृत्युको करिब चार महिनापछि उनको मृत्युको कारण आत्महत्या नै भएको बताइएको छ । शनिवार बेलुकी एम्सका फोरेन्सिक विज्ञहरुको टोलीले अन्तिम रिपोर्ट सार्वजनिक गर्दै सुशान्तको हत्या नभई आत्महत्या भएको खुलाएको थियो । एम्सको रिपोर्ट सार्वजनिक भएसँगै सुशान्तको मृत्युको पहिलो दिनदेखि उनको न्यायको माग गरिरहेकी अभिनेत्री कंगना रनौतले असन्तुष्टि व्यक्त गरेकी हुन् ।
कंगनाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेकी छन्, “एकजना युवा र असाधारण व्यक्ति एकदिन उठ्छ र आफूलाई मार्छ । सुशान्तले भनेका थिए कि उनीमाथि दुर्व्यवहार भईरहेको छ र उनको ज्यान जोखिममा छ । उनले भने कि फिल्म माफियाले उनलाई प्रतिबन्धित र तनाव दियो । उनीमाथि बलात्कारको झुटो आरोप लगाएर मानसिक रुपमा प्रभावित गरिएको थियो । ह्यासट्याग एम्स ।”
यस्तै कंगनाले अर्को ट्विटमा एम्सलाई प्रश्न गर्दै लेखेकी छन्, “पछिल्लो विवरणका साथै हामीलाई केही अरु प्रश्नहरुको उत्तर चाहिन्छ । सुशान्तले ठूला चलचित्र निर्माण कम्पनीहरुले उनलाई प्रतिबन्ध गरेको कुरा धेरैचोटि भनेका थिए । ती व्यक्तिहरु को को हुन् जसले उनीविरुद्ध षड्यन्त्र रचे । २। सञ्चारमाध्यले उनी बलात्कारी भएको गलत समाचार किन फैलाए ? महेश भट्ट किन आफ्नै मनोविश्लेषण गरिरहेका थिए ?”
Young and extraordinary individuals don’t just wake up one fine day and kill themselves. Sushant said he was being bullied and outcast, he feared for his life, he said movie mafia banned him and harassed him, he was mentally affected by being falsely accused of rape #AIIMS
— Kangana Ranaut (@KanganaTeam) October 3, 2020
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया