काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो स्वास्थ्यमा सुधार भएको तर आगामी केही दिन “वास्तविक परीक्षाको घडी” हुने बताएका छन्।
कोभिड(१९ पुष्टि भएपछि ट्रम्पको स्वास्थ्यबारे मिश्रित सन्देशहरू आइरहँदा शनिवार साँझ ट्विटरमा उनको भिडियो पोस्ट गरिएको हो।
राष्ट्रपतिका चिकित्सकले शनिवार अबेर जानकारी गराएअनुसार राष्ट्रपतिको स्वास्थ्य राम्रो भइरहेको र सङ्क्रमण पुष्टि भएयता उल्लेख्य सुधार आएको छ।
राष्ट्रपति ट्रम्प दोस्रो रात अस्पतालमा बिताउँदैछन्।
खतराबाट अझै बाहिर आइनसकेको अवस्थामा ूहाम्रो टोली राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे सावधानीपूर्वक आशावादी रहेको” डा. सीन कोन्लीले एउटा विज्ञप्तिमार्फत् बताएका छन्।
केही घण्टाअघि चार मिनेट लामो भिडिओ सन्देशमा राष्ट्रपति ट्रम्पले वाशिङ्टनस्थित द वाल्टर रीड न्याश्नल मिलिटरी मेडिकल सेन्टरका चिकित्सक तथा नर्सहरूलाई धन्याद दिएका छन्।
“म यहाँ आउँदा मेरो स्वास्थ्य त्यति राम्रो थिएन। अहिले म पहिलाभन्दा राम्रो महशुस गरिरहेको छु,” उनले भने।
“मेरो विचारमा आउँदा केही दिन वास्तविक परीक्षाको हुनेछ। अब हेरौँ के हुन्छ।”
उनले आफू निर्वाचन प्रचारप्रसारमा फर्किन चाहेको उनले बताए। नोभेम्बर ३ मा हुने राष्ट्रपतीय चुनावमा डेमोक्र्याटिक उम्मेदवार जो बाइडनसँग ट्रम्पको प्रतिस्पर्धा हुँदैछ।
शनिवार बिहान डाक्टर कोन्लीले राष्ट्रपति ट्रम्पलाई अहिले अतिरिक्त अक्सिजन नदिइएको र विगत २४ घण्टादेखि उनलाई ज्वरो नआएको बताए।
अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका अनुसार राष्ट्रपति ट्रम्प “केही दिन” द वाल्टर रीडमै रहने अपेक्षा गरिएको छ।
कोन्लीले राष्ट्रपति ट्रम्पको स्वास्थ्य अवस्थाबारे सावधानीपूर्ण आशावादी रहेको र उनी अस्पतालबाट कहिले डिस्चार्ज हुनेछन् भन्नेबारे समयसीमा तोक्न नसकिने बताए।
यद्यपि ह्वाइट हाउसका चीफ अफ स्टाफ मार्क मीडोजले राष्ट्रपति ट्रम्पको स्वास्थ्य अवस्थाबारे चिन्ता व्यक्त गर्दै उनको स्वास्थ्य सुधार हुने दिशातर्फ गएको भन्ने अझै स्पष्ट सङ्केत पाइनसकेको बताए।
राष्ट्रपतीय चुनावको जम्मा ३२ दिनअघि ट्रम्पलाई कोरोनाभाइरस पोजिटिभ देखिएको थियो।
श्रोत बीबीसी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया