कप्तान श्रेयस अय्यरको बिस्फोटक ब्याटिङमा दिल्लीको सहज जीत

काठमाडौं । आईपीएलमा हिजो भएको दोश्रो खेलमा दिल्ली क्यापिटल्सले कोलकता नाइट राइडर्सलाई १८ रनले पराजित गरेको छ ।

टस हारेर ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २२८ रन बनाएको थियो जवाफी ब्याटिङमा उत्रिएको कोलकताले २० ओभरमा मात्र २१० रन नै बनाउन सक्यो ।

दिल्ली प्वाइन्ट टेवलमा पहिलो स्थानमा पुगेको छ । दिल्लीका कप्तान श्रेयस अय्यरको ३८ बलमा ८८ रनको उत्कृष्ट ब्याटिङका सामु कोलकता निरिह बनेको हो ।

हिजो नै भएको पहिलो खेलमा राजस्थान रोयल्सलाई रोयल्स च्यालेन्जर्स ब्यांग्लोरले ८ विकेटले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?