कोरोना कहर : भारतमा झनै बढे कोरोना संक्रमित र मृतक

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण अहिलेसम्म सारा विश्वमा १० लाख ३७ हजार ९४१ जनाको मृत्यु भएको छ भने ३ करोड ५१ लाख २७ हजार ६७१ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै २ करोड ६१ लाख २१ हजार ८७२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६६ हजार ७० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा कोरोना भाइरसका कारण १ लाख १ हजार ८१२ जनाको मृत्यु भएको छ भने ६५ लाख ४७ हजार ४१३ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै ५५ लाख ६ हजार ७३२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ९ लाख ३८ हजार ८६९ जना उपचाररत छन् ।

त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । भारतमा शनिवार मात्रै ७५ हजार ४७९ जना नयाँ संक्रमित थपिएका छन् भने ९३७ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?