रगत अभाव हुन थालेपछि समाजसेवी कुँवरको पहलमा रक्तदान

काठमाडौं । कोरोनाभाइरसको महामारीकाबीच उपत्यकामा रगतको अभाव समेत हुन थालेपछि समाजसेवी ताराबहादुर कुँवरको पहलमा रक्तादान कार्यक्रमको आयोजना गरिएको छ । शनिबार गरिएको रक्तादान कार्यक्रममा ७१ जनाले रक्तदान गरेको उनले बताए ।
चक्रपथ सरसफाई अभियानका प्रमुख अभियन्ता समेत रहेका कुँवरले आजसहित पाचौँ पटक रक्तदान कार्यक्रम आयोजना गरेका हुन् ।
आजको अभियानमा हेभी इक्विपमेन्ट मेकानिकल व्यवसायी संघका अध्यक्ष नेत्रबहादुर अधिकारीले पनि सहकार्य गरेका थिए ।

‘पाँचौ चरणको रक्तदान जीवनदान अभियान नेपाल हेभी इकुइप्मेन्ट्स मेकानिक्स व्यवसायीसँगको व्यवस्थापन खर्चसहित महत्वपूर्ण सहकार्यमा ७१ जना मेकानिक तथा चक्रपथ अभियानका केही रक्तदाताहरुले रक्तदान गर्नुभयो’, उनले भने ।

कुँवरले चैत्र ११ गतेबाट कोरोना भाइरसको त्रासले भएको लकडाउनदेखि अहिलेसम्म १२ सय ४७ जनालाई राहत स्वरुप चामल, दाल, चिनी, तेललगायतका सामग्री समेत वितरण गरिरहेका छन् भने चक्रपथ सफाइको अभियानमा पनि निरन्तर लागिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?